काठमाडौंमा स्थगित भएको खोप आज र भोलि लगाइँदै, यी ४ अस्पतालमा गएर लगाउन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम पुन: आजबाट सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको भेरोसेल खोप लगाउने भएको हो । जेठ २५ देखि २९ गतेसम्म ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएको भन्दै निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका हरिबहादुर कुँवरले आइतबार एक विज्ञप्ति जारी गर्दै भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गरिएको जनाएका छन्। महानगरले सबै वडाहरुलाई सोही बमोजिम व्यवस्था गर्न समेत आग्रह गरेको छ । खोपका लागि ४ वटा अस्पताल तोकिएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती अस्पताल बानेश्वरमा गई आज र भोलि काठमाडौं महानगरका ६० र ६१ वर्षमा नागरिकले बिहान १० देखि ४ बजेसम्म कोरोना विरुद्धको खोप लिन सक्ने छन्।
सरकारले जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप दिने भन्दै सूचना जारी गरेको थियो । पछि फेरी खोप अभाव हुने भएपछि उपत्यकाबाहिर ६२ देखि ६४ वर्षकालाई र उपत्यकामा भने ६० देखि ६४ वर्षकालाई खोप दिइने जनाएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा