काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरिएको हो ।
कोरोना संक्रमणको जोखिम अझै कम नभएकाले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। उनले यसपटक भने निेशेधाज्ञा केही खुकुलो भएको समेत जनाए । उनका अनुसार असार १ गतेदेखि किराना पसल, डिपार्टमेन्टल स्टोर तथा तरकारी फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसैगरी यसपटकको निषेधाज्ञामा पुस्तक पसल पनि ११ बजेसम्म खोल्न पाउने छन्।
विकास निर्माणजन्य सामग्री पसल साँझ ४ बजेपछि खोल्न पाइने भएको छ । विउ बिजन तथा कृषि औजारको ढुवानीमा पनि अवरोध नहुने बताइएको छ ।
यसअघिको भन्दा केही छुटसहित यसपटकको निषेधाज्ञा जारी भएको छ जुन असार ७ गतेसम्म रहनेछ ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर आएपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा