Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरिएको हो ।

कोरोना संक्रमणको जोखिम अझै कम नभएकाले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। उनले यसपटक भने निेशेधाज्ञा केही खुकुलो भएको समेत जनाए । उनका अनुसार असार १ गतेदेखि किराना पसल, डिपार्टमेन्टल स्टोर तथा तरकारी फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसैगरी यसपटकको निषेधाज्ञामा पुस्तक पसल पनि ११ बजेसम्म खोल्न पाउने छन्।

विकास निर्माणजन्य सामग्री पसल साँझ ४ बजेपछि खोल्न पाइने भएको छ । विउ बिजन तथा कृषि औजारको ढुवानीमा पनि अवरोध नहुने बताइएको छ ।
यसअघिको भन्दा केही छुटसहित यसपटकको निषेधाज्ञा जारी भएको छ जुन असार ७ गतेसम्म रहनेछ ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर आएपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि