काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न आज जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निषेधाज्ञाको निर्णय गर्नेछ ।
कोरोना संक्रमितको संख्यामा कमी भए पनि जोखिम कायम नै रहेकाले अझै एक साता निषेधाज्ञा थप गर्ने अनुमान लगाइएको छ । अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी रहेको छ ।
काठमाडौं उपत्यकामा कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको हो । पटक पटक गर्दै थपिएको निषेधाज्ञाको समय भोलिसम्म छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा