थप ३३८४ जनामा कोरोना पुष्टि, ६१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ४९४ पीसीआर परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । उता यीमध्ये ५ लाख २७ हजार १११ जना भने संक्रमणमुक्त भइसकेका छन्। आज मात्रै ६ हजार २९५ जना कोरोना जितेर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ । हाल देशभर ७१ हजार ३०३ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा