नेपालमा झण्डै ३२ लाखले गराए पीसीआर परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा हालसम्म झण्डै ३२ लाख जनाले कोरोनाको आशंकामा पीसीआर परीक्षण गराएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर ३१ लाख ९८ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । उता एन्टिजेन विधिबाट हालसम्म ९६ हजार ९५२ जनाको परीक्षण भएको छ ।
हाल देशभर ९४ वटा प्रयोगशालाबाट पीसीर विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । यीमध्ये ५७ वटा सरकारी प्रयोगशाला रहेका छन् भने ३७ वटा नीजि रहेका छन्।
मन्त्रालयका अनुसार हाल परीक्षण गरिएका ३१ लाख ९८ हजार ७०२ नमुनामध्ये ६ लाख ४ हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयलृ जनाएको छ ।
नेपालमा पीसीआर परीक्षण गरेको नीजिमा दुई हजार रुपैयाँ र सरकारीमा एक हजार रुपैयाा लिइँदै आइएको छ । लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको भने सरकारले निशुल्क परीक्षण गर्दै आएको छ ।
नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिंदा एउटा पीसीआर गर्ने एउटा पनि प्रयोगशाला थिएन । उक्त नमुना परीक्षण गर्न हङकङ पठाइएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण