थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा कोरोना देखिएको हो ।
योसँगै कुल कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । यीमध्ये ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा थप ६७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।
उता आज ५ हजार २२५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ७५ हजार २७५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा