बिरामीको सेवामा खटिएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कारवाहीको माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद औषधालय सुर्खेतमा सञ्चालित कोभिड आइसोलेसन सेन्टरका प्रमुखसहित स्वास्थ्यकर्मीमाथी भएको कुटपिटको भत्सर्ना गर्दै नेपाल आयुर्वेद चिकित्सक संघले दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीमा ज्यानको बाजी राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथी कुटपिट हुनु आफैमा लज्जास्पद भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘यस महामारीमा अहोरात्र विरामीको सेवामा रहेका प्रदेश आयुर्वेद औषधालय, सुर्खेतमा संचालित आइसोलेसन सेन्टरमा कार्यरत कार्यालय प्रमुख डा शंकर प्रसाद रिजाल, त्यहाँ कार्यरत चिकित्सक डा यादव उपाध्याय र स्वास्थ्यकर्मी लोक प्रसाद रेग्मी माथी सुनियोजित रुपमा १५ जनाको समूहले बाटो ढुकेर सांघातिक हमला गरी घाइते बनाएकोमा यस संघ उक्त घृणित घटनाको घोर भर्त्सना गर्दछ। साथै देशै भरिका आयुर्वेद स्वास्थ्य संस्था तथा आइसोलेसन सेन्टरहरुमा सुरक्षाको उचित प्रवन्ध गर्न र स्वास्थ्यकर्मीको मनोवल उच्च वनाउन नेपाल सरकार तथा प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।’
उनले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाइदिन समेत आग्रह गरेका छन् ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा