Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा आजदेखि रोकियो कोरोना विरुद्धको खोप अभियान

काठमाडौंमा आजदेखि रोकियो कोरोना विरुद्धको खोप अभियान

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा कोरोना विरुद्धको खोप भेरोसेल दिने काम अहिलेलाई रोकिएको छ । खोप अभाव भएपछि कार्यक्रम निर्धारित मितिभन्दा दुई दिन अगावै रोक्न परेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जेठ २५ गतेदेखि २९ गतेसम्मका लागि खोप अभियान कार्यक्रम राखिएको भए पनि स्वास्थ्य सेवा विभागबाट खोप सकिएको भन्ने जानकारी आएकाले सबै वडाहरुमा हाललाई खोप कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन्।

उनले भने, ‘स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकाले जेठ २८ अर्थात शुक्रबारबाट काठमाडौंमा खोप कार्यक्रम स्थगित गरेका हौं ।’

सरकारले यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप भेरोसेल दिन शुरु गरेको थियो । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज उनीहरुलाई दिन लागिएको हो ।

शुरुमा सरकारले सबै जिल्लामा ६० देखि ६४ वर्षकालाई खोप दिने सूचना जारी गरेको भए पनि अन्तिम समयमा आएर खोप कम भएपछि उपत्यकाबाहिर भने ६२ देखि ६४ वर्षकालाई मात्र उक्त खोप दिने बताएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन