नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८ हजार २३८
१६४३ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ संक्रमित थपिएसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ५ लाख १५ हजार ५९१ जना भने संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा र ५ हजार ६८० जना भने संस्थागत आइसोलेसनमा रहेका छन्। यीमध्ये पनि १२ सय ६१ जनाको आइसीयूमा र ३८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ८ हजार २३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ६१ प्रतिशत अर्थात ३ लाख ६७ हजार २२ जना पुरुष छन् भने ३९ प्रतिशत अर्थात २ लाख ३४ हजार ६६५ जना महिला रहेका छन् । संक्रमितमध्ये १ दशमलब ३७ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म नेपालमा २२ लाख ४४ हजार ६१९ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यसैगरी दोस्रो डोज खोप लिनेहरुको संख्या ६ लाख ९१ हजार ४९४ रहेको मन्त्रालयले जनाएको छ ।
अहिले पनि ६० देखि ६४ वर्ष समूहलाई खोप अभियान जारी रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा