कति छ स्वास्थ्यमन्त्री शेर बहादुर तामाङको सम्पत्ति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले आफू मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङ गरी विभिन्न १४ स्थानमा जग्गा जमिन रहेका छन्।
काठमाडौंको गोकर्णेश्वरमा साढे ३ आनामा बनेको एक तले घर, २२ तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका छन्।
उनले आफूसँग २ वटा ल्यापटप र ३ वटा मोबाइल रहेको पनि विवरणमा पेश गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा