देशभर १६८७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर १६८७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। यीमध्ये १३१२ जना आइसीयूमा र ३७५ जना भेन्टिलेटरमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा सबैभन्दा धेरै आइसीयूमा ७२४ र भेन्टिेटरमा २४७ जना रहेका छन् । यसैगरी प्रदेश १ मा २०२ जना आइसीयू र ४९ जना भेन्टिलटेरमा रहेका छन्। प्रदेश २ मा भने ६७ जना आइसीयूमा छन् भने १८ जना मात्र भेन्टिलेटरमा उपचाररत छन्।
गण्डकी प्रदेशमा ११४ र २७ जना क्रमस आइसीयू र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । उता लुम्बिनी प्रदेशमा १३८ जना आइसीयूमा छन् भने १९ जना भेन्टिलेटरमा छन्। कर्णाली प्रदेशमा ३७ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ८ जना भेन्टिलेटरमा छन्। यसैगरी सुदूरपश्चिममा पनि ३० जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा