Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पतञ्जलीले बनाएको ‘कोरोनिल किट’ वितरणमा रोक

पतञ्जलीले बनाएको ‘कोरोनिल किट’ वितरणमा रोक

हेल्थ टिभी अनलाइन\ काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जली योगपीठले सरकारलाई उपलब्ध गराएको ‘कोरोनिल किट’ वितरणमा रोक लगाएको छ । उक्त किट नेपालमा औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि तत्कालका लागि वितरणमा रोक लगाइएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले पतञ्जलीबाट प्राप्त ती औषधि श्वासप्रश्वास उपचारमा लाभदायी नै देिखएको भए पनि दर्ता नभएको र आयात प्रक्रिया नमिलेका कारण वितरणमा रोक लगाइएको बताए ।

पतञ्जलीले एक साता अघि १ हजार ६ सय किट तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई स्वास्थ्य मन्त्रालय गएर बुझाएका थिए ।

पतञ्जलीले स्वासारी ट्याब्लेट, नाकमा राख्ने अणु तेल र कोरोनिल ट्याब्लेट राखिएको ५० कार्टुन मन्त्रालयलाई दिएको थियो । उक्त किट यसअघि भुटान पठाइएको र त्यहाँ पनि यसको वितरणमा रोक लगाइएको थियो ।

नेपालमा बिना अनुमति कुनै पनि वस्तु औषधिका नाममा वितरण गर्न पाइदैन। उपभोग गर्न पनि दिन मिल्दैन। तर यो कोरोना संक्रमितका लागि भन्दै ल्याइएको किट दर्ता नै छैन्। बिना दर्ता कुनै पनि औषधिको बिक्रि वितरण तथा निकासी पैठारी गर्न पाइँदैन।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि