२४ घण्टामा ५ हजार १५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६७६ जनाको कोरोना परीक्षण गर्दा ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको हो । उता आज १०८ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ । नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ८४ दशमलब ७ प्रतिशत रहेको छ ।
हाल देशभर १३२१ जना आइसीयूमा र ३७२ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा