भारतमा ६३ दिनपछि १ लाखभन्दा कम व्यक्तिमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन : कोरोना महामारीको दोस्रो लहरमा धेरै नै प्रभावित बनेको भारतमा केही दिन यता भने संक्रमण दर कम हुन थालेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा ६३ दिन पछि पहिलोपटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा२ हजार १२३ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा अहिले पनि १३ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८२ हजारभन्दा बढी संक्रमित निको भएका छन् ।
भारतमा हालसम्म कुल २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजारभन्दा बढी छ ।
।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा