आजदेखि भेरोसेल खोप लगाइँदै : खोप नपुग्ने भएपछि फेरी खुम्च्याइयो उमेर समूह, प्राथमिकतामा ६२ देखि ६४ वर्षका
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि चीनबाट अनुदानमा आएको खोप लगाउन सुरु गरेको छ । विभिन्न उमेर समूहलाई आजबाट यो खोप लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भने पनि सोमबार एकाएक खोप लगाउने उमेर सूमहमा परिवर्तन गरेको छ । स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै ६२ देखि ६४ वर्षकालाई यो खोप दिन आग्रह गरेको छ भने केही सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको छ । ६० देखि ६४ वर्षका सबैलाई खोप नपुग्ने भएपछि ६२ देखि ६४ वर्षमा झारिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार निकालेको सूचना अनुसार अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकतामा परेका छन्। अन्य जिल्लारुको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन सूचना मार्फत आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकाको हकमा भने तीनै जिल्लामा ६० दखि ६४ वर्षकालाई खोप दिइनेछ । पहिलो मात्रा भेरोसेल लगाएर काठमाडौं बाहिर गएका काण छुटेकालाई पनि खोप कार्डका आधारमा दोस्रो डोज दिइनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा