कोरोना उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारवाही गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमितको उपचारमा सरकारले तोकेको भन्दा बढी पैसा लिने अस्पताललाई कारवाही गरिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयललाई पत्राचार गर्दे बिरामीबाट बढी पैसा असुल्ने अस्पतालको अनुगमन गर्न आग्रह गरेको हो ।
मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ -‘कोभिड १९ संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्यको ३५ सय, मध्ययमको ७ हजार र गम्भीरको १५ हजारसम्म लिन पाइने र बिरामी स्वयंले आफनो उपचार गर्न खोजेमा त्यसमा ५० प्रतिशत अधिकतम थप गरी लिन पाउने व्यवस्था छ । सो अनुसार भए नभएको अनुगमन गरी अन्यथा पाइएमा कारवाहीको व्यवस्था गर्न जेठ २४ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भएकाले सोही वमोजिम गर्न आग्रह गरिन्छ ।’
उक्त पत्रमा तोकेको भन्दा बढी रकम लिने अस्पताललाई कारवाहीको दायरामा ल्याउन र त्यसका लागि जिल्ला प्रशासन तथा सबै सामाजिक विकास मन्त्रालयलाई समन्वय गरिदिन आग्रह गरिएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको उपचारमा नीजि अस्पतालले एक दिनकै ६० \७० हजारसम्म लिने गरेको गुनासो बिरामीहरुबाट आउन थालेपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको जनाएको छ ।





नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त