पहिलो डोजमा ‘कोभिसिल्ड’ खोप लगाएकालाई अब दोस्रो डोज ‘एस्ट्राजेनेका’ दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : पहिलो डोज भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई दोस्रो डोज एस्ट्राजेनेका लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले अब कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाइने बताएका छन्।
उनले कोभिसिल्ड खोप भारतबाट नआउने पक्का भएपछि यस्तो निर्णय गरेको बताए । उनले कोभिसिल्ड र एस्ट्राजेनेका एउटै प्रकृतिको खोप भएकाले लगाउन मिल्ने समेत जिकीर गरे । तर एस्ट्राजेनेका पनि कहिलसम्म आइपुग्छ भन्ने एकिन भइसकेको छैन्।
सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो। यस्तै पहाडी र हिमाली जिल्लाका ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो।
उनीहरुले खोप लगाएको १२ हप्ता गुज्रिसकेको छ । समय पुगे पनि खोप लगाउँदा कुनै हानी नहुने र एस्ट्राजेनेका खोप प्राप्त गर्नासाथ खोप अभियान शुरु गरिने भन्दै सबैलाई धैर्य गर्नका लागि डा पोख्रेलले आग्रह गरेका छन्।
दोस्रो डोज लगाउनका लागि १३ लाख ५० हजार भन्दा बढी वृद्धवृद्धा पर्खेर बसेका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा