Health TV Online
Health TV Online
Health TV Online

भक्तपुर क्यान्सर अस्पतालमा महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

भक्तपुर क्यान्सर अस्पतालमा महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया मार्फत एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ ।

काठमाडौं स्वयम्भुकी ३२ बर्षिया महिलाको आज शल्यक्रिया गरी उनको पेटमा रहेको ट्युमर निकालिएको अस्पतालले जनाएको छ । एक वर्ष अघिदेखि पेट दुख्ने र फुल्ने समस्या लिएर नजिकैको अस्पताल जाँदा उनमा जाँच गर्दा त्यति बेला नै चिकित्सकले सिस्ट रहेको बताएका थिए । त्यतिबेला उनी आर्थिक अभावका कारण सामान्य उपचार पछि घर फर्केकी थिइन्। दुई महिना अघिदेखि भने सहनै नसक्ने गरी पेट दुख्ने र फुल्ने भएपछि उनी केही दिन अघि मात्र भक्तपुर क्यान्सर अस्पताल पुगेकी थिइन्।

उनको अवस्था हेरेर अस्पतालले शनिबार नै उनलाई भर्ना गरेको अस्पतालकी स्त्री क्यान्सर रोग विशेषज्ञ डा सृष्टी श्रेष्ठ प्रजापतीले बताइन्। डा सृष्टीकै नेतृत्वको टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको हो । उक्त शल्यक्रिया टिममा डा उषा बादे श्रेष्ठ, डा अनिसा श्रेष्ठ, डा रन्जना मण्डल र एनेस्थेसियामा डा देवकी गुवाजु रहेका थिए ।

उनको शल्यक्रिया गरेकी डा सृष्टीले अस्पतालमा यो भन्दा जटिल किसिमका शल्यक्रिया गरिरहेको भए पनि ३५ किलोको यति ठूलो ट्युमरको शल्यक्रिया भने पहिलो भएको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार