स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश जारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा आज उक्त अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा-१ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।
पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमणका घट्ना बढेपछि सरकारले यस्ता घटना नियन्त्रण गर्न यो अध्यादेश ल्याएको बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा