थप ३ हजार ४७९ जनामा कोरोना पुष्टि, ९९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आज थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ९९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ५१४ जना कोरोना संक्रमित निको भएका छन्।
आज काठमाडौं उपत्यकामा मात्रै ११ सय ६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उता आज आइसीयूमा उपचाररत कोरोना संक्रमित १४ सय ४२ रहेका छन् भने ३८१ जना भेन्टिलेटरमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा