सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार
हेल्थ टिभी अनलाइन \काठमाडौं : सिरहामा अज्ञात समूहले औषधि व्यवसायीमाथि गोली प्रहार गरेका छन्। गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका हुन्।
मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । उनी पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको जनाइएको छ ।
गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा