आज थपिए ६६५३ नयाँ संक्रमित, १०१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ८१३ परीक्षण गर्दा ६ हजार ६५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यीमध्ये ४ लाख ७६ हजार १३० जना निको भइसकेको मन्त्रालयले जनाएको छ । उता कोरोना संक्रमण भएर आज १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण