कोरोनाको तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने : २० प्रतिशत बेड बालबालिकाका लागि छुट्याउन मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने र त्यसमा बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै सबै अस्पताललाई सोही बमोजिम तयारी अवस्थामा रहन भन्दै सूचना जारी गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायले आज जारी गरेको सूचनामा दोस्रो लहर जस्तै कोरोनाको तेस्रो र चौंथो लहर आउनसक्ने र त्यसमा बालबालिका बढी प्रभावित हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै नीजि, सामूदायिक, सरकारी सबैले आफनो अस्पतालमा २० प्रतिशत बेड बालबालिकाको उपचारमाा प्रयोग हुनेगरी तयार रहन आग्रह गरिएको छ ।
सूचनामा आफूले स्विकृति पाएको बेडको कम्तीमा २० प्रतिशत बेड कारोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्याउन भनिएको छ । यसैगरी सबै अस्पताललाई अक्सिजनको उचित व्यवस्थापन समेत गर्नका लागि आग्रह गरिएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा