अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोना खोप उपलब्ध गराउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अमेरिकाले कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ।
ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो।
पहिलो चरणमा २ करोड ५० लाख डोज वितरण गर्ने क्रममा अमेरिकी प्रशासनले करीव ७० लाख डोज खोप १६ वटा मुलुकलाई उपलव्ध गराउने भएको हो ।
ह्वाइट हाउसका अनुसार भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पापुआ न्यू गिनी र ताइवानलाई खोप उपलब्ध गराइने छ। यी देशहरुमा भारत र नेपाल कोरोनाको बढी मारमा परेका छन्।
यसमध्ये कति मात्रा खोप नेपालले पाउने भन्ने भने एकिन भएको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा