२१ हजार ७७३ परीक्षण गर्दा ६८२५ जनामा कोरोना पुष्टि
२४ घण्टामा ७५ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज थप ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । यीमध्ये ४ लाख ६७ हजार ४६७ जना निको भइसकेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी गत २४ घण्टामा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा