कोरोनाको छुट्टै ‘नेपाल भेरियन्ट’ भेटिएको छैन् : प्रवक्ता, स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सत्यता नभएको र आफूहरुलाई यसवारेमा कसरी समाचार आयो भन्ने विषयमा कुनै जानकारी नभएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले अहिले नेपालमा तीनवटा भेरियन्ट मात्र रहेको र छुट्टै भाइरस नभेटिएको जनाएका हुन्। उनले हाल नेपालमा अल्फा, डेल्टा र कप्पा नाम गरेका भाइरस पुष्टि भएको र अहिले डेल्टा भाइरस बढी सक्रिय रहेको समेत जनाए । उनले बेलायती सञ्चारमाध्यमले भने बमोजिम नेपालमा अहिलेसम्म छुट्टै ‘ नेपाल भेरियन्ट’ फेला नपरेको जनाए ।
बेलायतको डेली मेल लगायतका केही सञ्चार माध्यमहरुले नेपाल भेरियन्टको कोरोना देखिएको र यो बढी संक्रामक भएको भन्दै समाचार लेखेका छन्।
यस विषयमा नेपालस्थित विश्व स्वास्थ्य संगठनले पनि ट्विट गर्दै नेपाल भेरियन्ट भन्ने कोरोनाको कुनै नयाँ भाइरस फेला नपरेको स्पष्ट पारेको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा