देशभर १८३१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा हाल १८३१ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर १४४६ जना संक्रमितको आइसीयूमा र ३८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यीमध्ये सबैभन्दा धेरै ७०९ जना बाग्मती प्रदेशमा रहेका आइसीयूमा र २३० जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश १ मा २३२ जना आइसीयूमा ६३ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा ११२ जना आइसीयूमा र २८ जना भेन्टिलेटरमा रहेका छन्।
उता गण्डकी प्रदेशमा १३७ र २६ जना क्रमस आइसीयू र भेन्टिलेटरमा रहेका छन्। लुम्बिनीमा १६९ आइसीयू र २० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा ४७ जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयका अनुसार अहिले सूदुरपश्चिममा ४० जना आइसीयूमा ११ जना भेन्टिलटेरमा रहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा