थप ५३१६ जनामा कोरोना पुष्टि, १०१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार गत २४ घण्टामा १३ हजार ८०५ जनाको पीसीआर विधिबाट र ३ हजार ७३ जनाको एन्टिजेटबाट परीक्षण गर्दा ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित रहेका छन् । उता आज कोरोना संक्रमण भएर निको हुनेको संख्या ७ हजार २१९ रहेको छ ।
काठमाडौं उपत्यकामा आज १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा