काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाका कारण लगाइएको काठमाडौंको निषेधाज्ञा पुन: १० दिन अर्थात जेठ ३१ गतेसम्म थप भएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोेरोनाको जोखिम कायम नै रहेको ठहर गर्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले वैशाख १६ गतेदेखि सुरु गरेको निषेधाज्ञा समय थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको थियो । एक साताअघि मात्र निषेधाज्ञाको समय बढाउने क्रममा किराना पसलमा भिडभाड भएको भन्दै सो समेत बन्द गरिएको थियो ।
तर यसपटक भने किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । यो नियम २० जेठको मध्यरातीबाट लागू हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा