कोरोना उपचारमा मनपरी शुल्क लिएको भन्दै स्वास्थ्यले माग्यो सबै अस्पतालसँग सेवा शुल्क विवरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय अस्पतालले कोरोना उपचारमा चर्को शुल्क लिएको भन्दै सबै अस्पताललाई आफनो सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले केही स्वास्थ्य संस्थाले अक्सिजनको अत्यधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर बिरामीमाथि आर्थिक भार बढाएको साथै बिरामीलाई आवश्यक पर्ने सामग्री बन्दोबस्त आफै गर्न लगाएको विषयमा विभिन्न स्थानबाट गुनासोहरु आएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यो सूचना जारी गरिएको जनाएको छ ।
मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायले जारी गरेको सूचनामा प्रत्येक विरामीको आफनो उपचारमा लाग्ने रकमवारे जानकारी पाउने अधिकार भएकाले सबै अस्पतालले ७ दिनभित्र आफ्नो अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षक उल्लेख गर्न निर्देशन दिएको छ ।
साथै मूल्य सूची आफ्नो वेवसाइट वा सूचना पाटीमा सबैले देख्ने गरी राख्न र सोको विवरण इजाजत पत्र दिने तथा नवीकरण गर्ने निकायमा पठाउन भनिएको छ ।
पछिल्लो समय अस्पतालले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा