कोरोना प्रभावित पत्रकारलाई प्रेस काउन्सिलको आर्थिक सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रेस काउन्सिल नेपालले कोभिड १९ संक्रमणबाट अति प्रभावित ९ जना पत्रकार र उनीहरुका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
प्रेस काउन्सिलले कोरोना संक्रमण भई अति सिकिस्त भएपछि भेन्टिलेटर र आइसीयुमा उपचाररत ६ जना पत्रकार र संक्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराएको हो । काउन्सिलले हाललाई जनही रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।
भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम जसको जेठ १६ गते निधन भइसकेको छ र रोल्पाका मौसम रोका मगरलाई सहयोग गरिएको हो । यसैगरी आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौंका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलले जनाएको छ । उता मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई पनि सहयोग उपलब्ध गराइएको छ ।
काउन्सिलले यसअघि पनि कोभिड १९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधाबापत सहयोग प्रदान गरेको थियो ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त