२४ घण्टामा थपिए ६ हजार ८५ नयाँ संक्रमित, ६८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । उता हालसम्म कोरोना संक्रमण भएर ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८९८ रहेको छ । योसँगै हालसम्म ४ लाख ५४ हजार ३४४ जनाले कोरोनालाई जितिसकेका छन्। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ७८९ रहेको छ । यीमध्ये १४९१ जना आइसीयूमा रहेका छन् भने ४०४ जना भेन्टिलेटरमा उपचाररत छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त