चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको विमानबाट उक्त ८ लाख डोज खोप ल्याइएको हो ।
खोपकावारेमा चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीवीच भएको टेलिफोन संवादपछि चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप तत्काल अनुदानमा दिने घोषणा गरेका थिए । सोही बमोजिम आज ८ लाख डोज खोप आएको हो । थप २ लाख डोज खोप पनि भोलिसम्म आइपुग्ने बताइएको छ ।
२ लाख खोप भने तीब्बतले दिने भनिएकोमा ५० हजार डोज आजै आइसकेको र बाँकी रहेको खोप पनि भोलि आइपुग्नेछ । चीनबाट अनुदानमा आएको यो १० लाख डोज खोप कसलाई दिने भन्ने विषय निर्धारण गरी छिटै खोप अभियान शुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा