आज ४७६२ जनामा कोरोना संक्रमण, ११४ जनाको मृत्यु
२४ घण्टामा १७ हजार ४८० जनाको परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४८० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ११४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । यीमध्ये ४ लाख ४७ हजार ४४६ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
उता हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको छ । यसैगरी गत २४ घण्टामा ६ हजार ४९१ जना निको भएका छन्।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा आज ६८९ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा