घट्दो क्रममा संक्रमण : २४ घण्टामा ४३६९ जनामा देखियो कोरोना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३६९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसैगरी आज १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । उता पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाको आशंकामा ७६३ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा