पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी ६ हजार ८० जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १४ हजार ७५२ जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । यीमध्ये ४ लाख ३४ हजार ७५० जना भने संक्रमणमुक्त भइसकेका छन्।
आज देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइसीयूमा १६ सय १४ जना र भेन्टिलेटरमा ४५७ जनाको उपचार भइरहेको छ ।
हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा