गण्डकीमा एकैदिन ३० जनाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा हिजो शुक्रबार मात्रै ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै शुक्रबार एकैदिन ३० जनाको कोरोनाबाट मृत्यु भएको जनाएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६२४ पुगेको छ । यसरी मृत्यु हुनेमा ९ जना कास्कीका, पर्वतका २, दाङका २ जना, तनहुँका ६ जना, स्याङ्जाका ३, बाग्लुङका १, गोरखाका ३, बाराका १, मुस्ताङका २ र नवलपरासीका १ जना रहेका छन्।
पछिल्लो समय कोरोना संक्रमण केही मात्रामा घटेको भए पनि गण्डकीमा भने संक्रमण दर र मृत्युदर दुबै नै उच्च रहेको पाइएको निर्देशनालयले जनाएको छ । दुई दिन अघिमात्र गण्डकीमा एक जना सुत्केरीसहित ६ जना कोरोना संक्रमितको अक्सिजन अभाव भएर मृत्यु भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा