भारतमा लगातार दोस्रो दिन २ लाख भन्दा कम संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या पनि घट्दै
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना महामारी विस्तारै कम हुँदै गएको पाइएको छ । लगाताार २ दिनदेखि त्यहाँ २४ घण्टामा २ लाख भन्दा कम व्यक्तिमा कोरोना पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा भारतमा १ लाख ७१ हजार ७२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ५६५ जनाको मृत्यु भएको छ । यसअघि भारतमा प्रत्येक दिन २ लाखाभन्दा बढी संक्रमित थप हुँदै आइरहेका थिए । भारत कोरोनाको दोस्रो वेभमा सबैभन्दा बढी प्रभावित हुने देशमा पर्छ ।
भारतमा हालसम्म २ करोड ७७ लाख १९ हजार ४३१ जनामा कोरोना पुष्टि भइसकेको छ । यीमध्ये २ करोड ५१ लाख भन्दा बढी संक्रमणमुक्त भइसकेको जनाइएको छ । वर्ल्डोमीटरका अनुसार हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ लाख २२ हजार ३८४ जनाले ज्यान गुमाएका छन्। उता भारत सरकारले कोरोना विरुद्धको खोप अभियानलाई पनि जारी राखेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा