Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गरियोस्

स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गरियोस्

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यस्तो महामारीका बेला बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु असाध्यै निन्दनीय रहेको भन्दै उनीहरुलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने जनाएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको- ‘छ यो महामारीको समयमा संक्रमण रोकथाम, नियन्त्रण र उपचारका सारथी भनेकै स्वास्थ्यकर्मी भएकाले उनीहरुलाई सबै मिलेर काम गर्ने सुरक्षित वातावरण बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

विज्ञप्तिमा स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कुनै पनि बहानामा छुट दिन नहुने भन्दै कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७२ र स्वास्थयकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम कडा कारवाही गर्न माग गरिएको छ ।

भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहिबार राती मृतकका आफन्तले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार