स्वास्थ्य मन्त्रालयको नयाँ प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालययको नयाँ प्रवक्ताको जिम्मेवारीमा डा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्।
हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी पनि दिएको हो ।
यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा डा जागेश्वर गौतम थिए। उनी कोडिभ-१९ केन्द्रीय युनिफाइड वीर अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएर गएपछि मन्त्रालयको प्रवक्ताको पद खाली रहेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा