भेरी अस्पतालमा कोरोना वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण
हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई दोष देखाउँदै आक्रमणमा उत्रिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
बिहिबार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर अन्धाधुन्ध रुपमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हाम फाल्नु परेको हो । कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो । संक्रमितको मृत्यु भएलगत्तै उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताएका छन्।
घटना लगत्तै स्थनीय प्रशासन त्यहाँ पुगेको र घटनाको छानविन भइरहेको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी तथा चिकित्सकले यो महामारीका बेला ज्यानको बाजी राखेर काम गरिंरहँदा पनि सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै दोषीलाई कारवाही गर्न र काम गर्ने सुरक्षित वातावरण बनाइदिन माग गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा