घट्दै संक्रमितको संख्या: आज ६ हजार ९३९ जनामा कोरोना पुष्टि, ७ हजार २२६ जना संक्रमणमुक्त
२४ घण्टामा १०६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण बिस्तारै कम हुँदै गएको पाइन्छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ९३९ नयाँ संक्रमित थपिएका छन् भने ७ हजार २२६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।गत २४ घण्टामा कोरोनाको आशंकामा २० हजार ९९२ जनाको परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । उता कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमित १ लाख १६ हजार ४७६ रहेको छ । यीमध्ये १६४५ जना आइसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा