बाँकेमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक एकजना गरी ८ जनाको मृत्यु भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।
अन्य संक्रमितको पनि अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा