काठमाडौं उपत्यकामा फेरि एक साता थपियो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारी नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकलले उपत्यकामा अझै एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो । योभन्दा अघि जारी गरिएको निषेधाज्ञा जेठ १३ गते सकिंदैछ । त्यसलगत्तै शुरु हुने निषेधाज्ञा जेठ २० गतेसम्म जारी रहने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यसपटकको निषेधाज्ञामा अझै कडाई गरिएको उनको भनाई छ । यसभन्दा अघि किराना पसल, डिपार्टमेन्टल स्टोरहरु बिहान १० बजेसम्म खोल्न पाइने प्रावधान भए पनि यसपटक भने किराना पसल, डिपार्टमेन्टल स्टोर खोल्न नपाइने जनाइएको छ ।
निषेधाज्ञाको पालना नगर्नेलाई नयाँ अध्यादेश अनुसार कारवाही गरिनेछ । सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । हाल ७४ जिल्लामा निषेधाज्ञा जारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा