कोरोनाबाट थप १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्ल्लो २४ घण्टामा थप १६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६९ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन्। गत २४ घण्टामा २२ हजार ९३६ जनाको कोरोना आंशकामा परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । उता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल कोरोना संक्रमितमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी आज बिहानसम्म १६७२ जनाको आइसीयूमा र ४४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण