कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्राडा जागेश्वर गौतम
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पताल को प्रमुख प्रशासकीय अधिकारीमा प्राडा जागेश्वर गौतमलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै हाल मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता समेत रहेका प्राडा गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन्।
सरकारले वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनमा ५ सय वेडको कोभिड १९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको थियो । युनिफाइड अस्पतालले देशभरका कोभिड अस्पतालहरु हेर्नुपर्नेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा