आज थप ७४२५ जनामा संक्रमण पुष्टि, ७१३५ जना संक्रमणमुक्त
२४ घण्टामा १८५ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ४५३ जनाको कोरोना परीक्षण गरिएकोमा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । यसैगरी आज ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ रहेको छ । गत २४ घण्टामा १८५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ । हाल होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार सोमबार आइसीयूमा १६ सय ९७ जना र ४६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा