आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्टका लागि २ अर्ब ९३ करोड ८० लाख विनियोजन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयू, भेन्टिलेटर तथा अक्सिजन प्लान्टका लागि विभिन्न अस्पतालहरुमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ।
आइतबारको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालमा आइसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक बनाउन २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए।
डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि देशभरका ३५ अस्पतालमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको हो ।
कुन अस्पताललाई कति बजेट विनियोजन भयो हेरौं :
वीर अस्पताल- ३ ० करोड ८० लाख
त्रिवि शिक्षण अस्पताल- १२ करोड
राष्ट्रिय ट्रमा सेन्टर- ९ करोड
भेरी अस्पताल- १५ करोड
गजेन्द्र नारायण सिह अस्पताल- ३ करोड ८०
नारायणी अस्पताल- ९ करोड ८० लाख
भरतपुर अस्पताल- ९ करोड ८०
परोपकार प्रसुति गृह- ६ करोड ८० लाख
धुलिखेल अस्पताल- ६ करोड ८० लाख
कोसी अस्पताल- ६ करोड ८० लाख
शहीद गंगालाल अस्पताल- ८० लाख
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर- ८० लाख
नेपाल प्रहरी अस्पताल- ९ करोड ८० लाख
सशस्त्र प्रहरी अस्पताल- ९ करोड ८० लाख
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल- ३ करोड
विरेन्द्र अस्पताल छाउनी- ९ करोड
निजामति कर्मचारी अस्पताल- ६ करोड ८० लाख
कान्ति बाल अस्पताल- ६ करोड ८० लाख
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- १२ करोड ८० लाख
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान- ९ करोड ८० लाख
जिपि कोइराला श्वासप्रश्वास अस्पताल- ९ करोड
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान- ९ करोड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान- ८० लाख
डडेलधुरा अस्पताल- ६ करोड ८० लाख
मेची अस्पताल- ९ करोड
प्रादेशिक अस्पताल जनकपुर- ९ करोड ८० लाख
भक्तपुर अस्पताल- ३ करोड ८० लाख
बागलुङ अस्पताल- ३ करोड
भिम अस्पताल- ३ करोड ८० लाख
लुम्बिनी प्रादेशिक अस्पताल- ९ करोड ८०
सुर्खेत प्रादेशिक अस्पताल- १२ करोड ८० लाख
सेती प्रादेशिक अस्पताल- ६ करोड ८० लाख
महाकाली अस्पताल- ९ करोड ८० लाख
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान- १८ करोड ८० लाख





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण