कोरोना संक्रमण काठमाडौंमा भन्दा गाउँ गाउँमा बढ्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण काठमाडौं उपत्यकामा घट्दै गएको र गाउँ गाउँमा बढिरहेको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले कोरोना संक्रमण अहिले काठमाडौं उपत्यकामा भन्दामा पनि गाउँमा फैलिएको जनाए ।
उनले काठमाडौंबाट गाउँ फर्किएकालाई अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्न भनिएको भए पनि अटेरी गर्दा अहिले गाउँका घर घरमा कोरोना संक्रमण फैलिएको जनाए । उनले कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा सर्वसाधारणले राम्ररी पालना नगरेको र त्यसका कारण संक्रमण दर जुन गतिमा घट्नु पर्ने हो त्यो गतिमा नघटेको जनाए ।
डा पौडेलले कोरोना संक्रमणको अत्यन्त जोखिममा अहिले काठमाडौं, ललितपुर,भक्तपुर, बाँके, कैलाली, चितवन, दाङ, रुपन्देही लगायतका १० जिल्ला रहेको बताए । यी जिल्लाहरुमा अझ धेरै सावधानी अपनाउन उनले आग्रह समेत गरे ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा