नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो
२८ लाख ९७ हजार जनाको पीसीआर परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ८ हजार ९८० जनासहित देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको हो ।
यीमध्ये ७५ दशमलब ८ प्रतिशत अर्थात ३ लाख ८३ हजार ६८४ जना भने संक्रमणमुक्त भइसकेका छन्। हालसम्म कोरोना संक्रमण भएर ६ हजार १५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १ दशमलब ६ प्रतिशत रहेको छ ।
अहिले देशमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ । यीमध्ये १ लाख ८ हजार १०३ जना होम आइसोलेसनमा छन् भने ७ हजार ७०३ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार संक्रमितमध्ये ६१ दशमलब ४६ प्रतिशत पुरुष र ३८ दशमलब ५४ प्रतिशत महिला रहेका छन्।
हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभरका ९१ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा